RayNewsDaily
शेयर बजारमा २० अंकको गिरावट

रे समाचार/काठमाण्डू । बुधबार वाणिज्य बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरे पनि आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ ।

आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ४ अर्ब १७ करोड रुपियाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स र व्यापार बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ, जसमा बैंकिंग उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ । आज आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने कुमारी बैंकको २६ करोड ९७ लाख र साहस ऊर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरूमध्ये आज आइसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.९३ प्रतिशत र मञ्जुश्री फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ । महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ भने हिमालयन बैंकको ४.०७ प्रतिशत, सिटिजन्स बैंकको ३.९७ प्रतिशत र ग्रिन भेन्चर्सको ३.९३ प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update