RayNewsDaily
सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड

काठमाण्डू । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । 

RatnaShrestha_KTM_RSS_10_IMG_20241026_135858-1729947159.jpg
अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि दोहो-याउनु भयो । आज काठमाण्डूमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उहाँले सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस-एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताउनु भयो । ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष प्रचण्डको भनाई छ । उहाँले काँग्रेस-एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताउनु भयो । सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न  नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको भन्दै अध्यक्ष प्रचण्डले त्यसमा तलमाथि भए सैह्य नहुने बताउनु भयो ।

Maobadi-Julus-1729947460.jpg
उहाँले भन्नुभयो,‘अहिले सरकार हटाउनका लागि यो खबरदारी सभा गरिएको होइन । हामीलाई राम्रोसँग थाहा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामी के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा हामीलाई गहिरोगरी बोध छ । बरु हामीले यो खवरदारी सभाको घोषणा गर्ने बित्तिकै सत्ता पक्षमा जुन आतंक देखा प-यो । सरकार आजै ढल्छ, भोली ढल्छ हामीले भनेका छैनौं । उहाँहरुले भन्नुभएको छ । खवरदार तपाईहरु सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानु होला । अझ बढी भ्रष्टाचारीहरुको संरक्षणतिर नजानु होला । हामी यो खवरदारी तपाईहरुलाई भन्न चाहन्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधान माओवादी केन्द्रको मुख्य त्याग र बलिदानको जगमा, उसको संघर्षको जगमा बनेको छ । यसमा कहीँकतैबाट आघात नपुगोस भन्ने भन्ने कुरामा हामी सबभन्दा बढी गम्भिर र जिम्मेवार छौं । त्यसकारण हामीले यो खवरदारी सभा नगर्ने हो, सरकारको बेथिति र भ्रष्टाचारी गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले टाउको उठाउने खतरा पैदा हुन्छ । त्यसकारण हामीले संविधानको रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति यो देशका जनताले जेजति उपलब्धि संविधानसभाबाट पाएका छन । त्यसको रक्षा र अझ त्यसको परिमार्जन गर्नका लागि हामीले आन्दोलनमा जानका लागि जरुरी ठानेका छौं । तपाईहरुले यो भ्रम कि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने बुझ्नुभएको छ भने तपाईहरु भ्रममा हुनुहुन्छ । त्यो भ्रम नपाल्नु । बरु माओवादीलाई के चिन्ता भएको छ भने, हामीले के समिक्षा गरेका छौ भने तपाईहरुजस्ता पार्टीहरु जो यो देशका दलाल, पँुजीपति र विचौलिया, भ्रष्टहरुको प्रतिनिधिको रुपमा रहनुभएको छ । हामीले केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती ग¥यौं भन्ने परेको छ हामीलाई । हामीले तपाईहरुसँग समिकरण गरेर गल्ती ग¥यौ । तपाईहरुको रोग हामीलाई पनि स¥यो भन्ने चिन्ता छ । हामी गम्भिर आत्मासमिक्षामा छौं । त्यसकारण तपाईहरु हामीसँग ढुक्क भएहुन्छ–अब तपाईहरुसँग समिकरण गरांै, हामीलाई मन्त्री बनाईदिनुस, प्रधानमन्त्री बनाईदिनुस भनेर आउने छैनौं । मैले त बरु प्रतिनिधिसभामा पनि र अहिले जनताको बीचमा पनि भनिराखेको छु–तपाईहरुलाई धन्यवाद । हामी अलिअलि बिग्रन थालेका थियौ । हामी अलिअलि जनताबाट कट्न थालेका थियौँ । हामी प्रतिक्रियावादीहरुसँग हिँडदाहिँडदा उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो । तपाईहरुले हामीलाई बेलैमा निकाल्न दिनुभयो । र जनतातिर फर्काई दिनु भयो । त्यसकारण हामी तपाईहरुलाई धन्यवाद भनिराखेका छौं । तपाईहरुले मेरो यो भनाईलाई हल्का रुपमा नलिनु होला । मैले निकै गम्भिर रुपले भनेको छु । हामीले पार्टी केन्द्रमा गम्भिर रुपले आत्मासमिक्षा गरेका छौं । यस्ता भ्रष्ट पार्टीहरु, यस्ता भ्रष्ट र जाली नेताहरुसँग सँग लागेर माओवादी पनि कता कता, के हो, के हो भन्ने जनतालाई परेको थियो । अब हामी जनतातिर फर्केर आत्माआलोचना गर्दै आत्मसमिक्षा गर्दै जनतासँग हामी भन्ने छौं–हामी तपाईकै छोराछोरी थियौं । हामी जाली फटाहासँग हाल्दा केही बिग्रियौं । हामी अव सच्चिन चाहन्छौं । र, तपाईहरुको मुक्ति नहुँदासम्म हामी लडिरहन्छौं भन्न पाएका छौं । त्यसकारण तपाईहरुले ढुक्कसँग सरकार चलाए हुन्छ । तपाईहरुसँग मिलेर फेरी माओवादी आउँछ कि भनेर टेन्सन नलिए हुन्छ । तर हामीले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको पक्षमा इमान्दारिताका साथ काम गर्दै थियौं । नेपालको इतिहासमा युगान्तकारी केही कामको रेडर्क हामी बनाउँदै थियौं । छिमेकीहरुसँगको सम्बन्धमा इतिहासमा नै हामी माथि पु¥याएका थियौं । तपाईहरु ढुक्क बस्नुहोस– माओवादीले फेरि काँग्रेस फकाउला, माओवादीले फेरि एमाले फकाउला । फेरि हामीलाई हटाउला भन्ने चिन्ताबाट मुक्त बस्नुहोस् । म यो कुरा बडो गम्भिर ढंगले राख्न चाहन्छु । ’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामीले पहिले नै भनेका छौं-अव हामी चुनाव तपाईहरुजस्ता बेइमान, भ्रष्ट विचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौं । जति ल्याएपनि एक्लै लड्ने छौं । हामीले २०६४ मा एक्लै लडेको हो । र, देशको सबैभन्दा ठूलो पार्टी भएको हो । हामीले बिचमा केही गल्ती ग-यौं । जनतासँगको सम्बन्ध जति बलियो बनाउनु पर्दथ्यो, कमजोर भयो । हामी त्यो गल्ती सच्याउन चाहन्छौं । हामी जनतातिर फर्किन चाहन्छौं । अस्ती चितवनको एउटा कार्यक्रम भएको थियो । माओवादी फेरि एक हुन्छ । र, एक्लै चुनाव लडेर काँग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजाय जनताकै तहबाट दिईन्छ । ’

अध्यक्ष प्रचण्डले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफनो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको जानकारी पनि दिनुभयो । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update