RayNewsDaily
शेयर बजारमा ११ अंकको गिरावट

रे समाचार/काठमाण्डू । पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, समृद्धि फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुडविल फाइनान्सको शेयरमूल्य भने आज र्साधिक ९.३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, बेष्ट फाइनान्सको पनि २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने आँखुखोला जलविद्युत् कम्पनीको साढे २५ करोडबराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update