RayNewsDaily
फिलिपिन्सको उल्लङ्घनले चीन-फिलिपिन्स बीचको समुद्री विवाद बढ्यो-चीनको परराष्ट्र मन्त्रालय

पैचिङ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै चीन र फिलिपिन्सबीच समुद्री विवादको हरेक वृद्धि फिलिपिन्सको उल्लङ्घनको कारण भएको बताउनु भएको छ ।

हिजो मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लीन च्यानले चीनको वैधानिक अधिकार संरक्षण गर्नका लागि चीनले सम्बन्ध कानून अनुसार आवश्यक कदम चाल्नु बाहेक कुनै विकल्प नभएको पनि बताउनु भएको छ । 

यदि फिलिपिन्सले आफ्नो अधिकारको उल्लङ्घन नगरी भड्काउने काम बन्द गर्यो भने समुद्रको स्थितिमा फेरि शान्ति छाउने पनि उहाँको भनाइ छ । सिजिटिएन

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update