RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४।९८ अंकले वृद्धि भई २७५३।७६ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १० अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसैगरी, माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बाराही हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update