रे समाचार/काठमाण्डू । शेयर बजारमा आज उच्च गिरावट आएको छ । अघिल्लो दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि एउटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयरमूल्यमा भने सर्वाधिक ९.२५ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, समृद्धि फाइनान्सको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब २५ करोडको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ । यसैगरी, हाइड्रोपावर उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।