RayNewsDaily
शेयर बजार ९ अंकले वृद्धि

रे समाचार/काठमाण्डू । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । हिजो ५० भन्दा बढी अंकले घटेको शेयर बजार मापक नेप्से परिसूचक आज ९.०९ अंक बढेर २७११.७५ विन्दुमा पुगेको छ ।

नेप्से सामान्य अंकले वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । हिजो करिब साढे १० अर्बको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ । आज विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । सो उपसमूहको परिसूचक आज सर्वाधिक ३.३८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, वित्त र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।

आज ८ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । गुराँस लघुवित्तको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज पनि ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज जानकी फाइनान्सको ३२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम २३ करोड नाघेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update