RayNewsDaily
वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली 

काठमाण्डू । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । 

सरकार दशैं, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको हो । २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाई थियो । आज काठमाण्डूको दरबारमार्गमा नेकपा (एमाले) काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उहाँले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उहाँले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन काँग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पार्नु भयो । 

प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताउनु भयो । 
प्रधानमन्त्री ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने समेत बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गर्नुभयो । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । 

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोप फाल्तु भएको भन्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहो¥याउनु भयो । उहाँले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडाँै रकम राखेको भन्नेहरुलाई प्रमाण ल्याउन पनि चुनौति दिनुभयो । 

प्रधानमन्त्री ओलीले आफन्तहरुलाई समेत पुग्नेगरी सम्पती जोड्ने कामहरु भइरहेको आरोप लगाउनु भयो । 
अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको धारणा व्यक्त गर्नुभयो ।  

कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो । उहाँले अहिलेको सरकार भ्रष्टाचार गर्न  र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने तर्क गर्नुभयो । 

मुलुकको मौद्रिक नीति सहजतातर्फ फर्किरहेको बताउँदै उहाँले सबै उद्योगीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चलान गर्न आग्रह गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update