RayNewsDaily
चिनियाँ राजदूतावासद्वारा सवारी साधन हस्तान्तरण

रमेश हतुवाली/काठमाण्डू । नेपालस्थित चिनियाँ राजदूतावासले काठमाण्डू क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयलाई एकथान सवारी साधन हस्तान्तरण गरेको छ । 

Van-1732346019.jpg
 

आज बिहान एक समारोहबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाश मानसिंहको प्रमुख आतिथ्यतामा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सिजी ब्राण्डको ११ सिटे विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।


नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको उपप्रधानमन्त्री प्रकाश मानसिंहको भनाइ, नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहिरहने चिनियाँ राजदूत छन् सोङद्वारा जानकारी ।।

सो समारोहमा बोल्नुहुँदै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाश मानसिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको बताउनुभयो । उहाँले चिनियाँ राजदूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको प्रस्ट पार्नुभयो । उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा चिनियाँ राजदूतावासप्रति आभार प्रकट गर्नुभयो । विक्रम सम्वत २०१३ सालमा समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा स्थापना भएको सो चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको मन्त्री सिंहको भनाइ छ ।   

Prakash-Man-Singh-1732346056.jpg

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिकित्सालयलाई सवारी साधन उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै भविष्यमा छत्रपाटी अस्पतालले कम शुल्कमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहयोगको आदान प्रदान भैरहको जानकारी दिनुहुँदै राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहिरहने बताउनुभयो । 

Chen-Song-1-1732346087.jpg

छत्रपाटी निशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले विरामीलाई मल्हमपट्टी गर्ने उद्धेश्यले स्थापना भएको  चिकित्सालय सबैको सहयोग र सद्भावले अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापना भएको जानकारी दिनुभयो । 

WeChat-Image_20241123124044-1732346148.jpg

छत्रपाटी निःशुल्क चिकित्सालयले डायलाइसिस र आईसियु सेवाको अन्तिम तयारी गरिरहेको जानकारी दिनुहुँदै अध्यक्ष श्रेष्ठले सहयोगस्वरुप एम.आर.आई मेसीन उपलब्ध गराउन नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल सरकारलाई आग्रह गर्नुभयो । 

Riban-Cut-1732346185.jpg
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update