काठमाण्डू । स्थानीय समय अनुसार नोभेम्बर १६ तारिख बिहान, पेरूको लिमा कन्भेन्सन सेन्टरमा एपेकका नेताहरूको ३१ औँ अनौपचारिक सम्मेलन आयोजित भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले 'युगको जिम्मेवारी बाँडफाँड र एशिया–प्रशान्त क्षेत्रको विकासलाई संयुक्त रुपमा प्रवर्द्धन गर्ने' शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नु भएको छ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभएको छः विगत केही दशकमा एपेकले एसिया–प्रशान्त क्षेत्रलाई ठूलो विकास, समृद्धि र एकीकरण हासिल गर्न प्रेरित गरेको छ र एशिया – प्रशान्त क्षेत्रलाई विश्व अर्थतन्त्रको सबैभन्दा गतिशील क्षेत्र र प्रमुख विकास इञ्जिन बन्न मद्दत गरिरहेको छ। हालसालै विश्व एक शताब्दीमा देखा नपरेको परिवर्तनबाट गुज्रिरहेको छ र एसिया – प्रशान्त सहयोगले भूराजनीति, एकपक्षीयवाद र बढ्दो संरक्षणवाद जस्ता चुनौतीहरूको पनि सामना गरिरहेको छ। इतिहासको दोबाटोमा उभिएर एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशहरूले एकताबद्ध भएर सहकार्य गर्नुपर्छ, जिम्मेवारी लिने साहस राख्नुपर्छ, साझा भविष्य सहित एशिया – प्रशान्त संयुक्त भाग्य समुदायको निर्माणलाई बढाउनुपर्छ। एशिया – प्रशान्तले विकासको नयाँ युगमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।
यसै सन्दर्भमा राष्ट्राध्यक्ष सी चिनफिङले तीन वटा प्रस्ताव अघि सार्नु भएको छ:
पहिलो, हामीले खुला र समावेशी एशिया – प्रशान्त सहयोग ढाँचा निर्माण गर्न आवश्यक छ। बहुपक्षीयता र खुला अर्थतन्त्रको सामान्य दिशाको पालना गर्ने, विश्व व्यापार संगठनको मूलमा बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक कायम राख्ने, क्षेत्रीय आर्थिक एकीकरण र कनेक्टिभिटीलाई बढाउन प्रयास गर्ने र औद्योगिक आपूर्ति शृङ्खलाको स्थिरता र सहजता कायम राख्ने।
दोस्रो, एसिया – प्रशान्त क्षेत्रमा हरित नवप्रवर्तनको विकासको गतिलाई बढाउनु हो। चीनले क्रस बोर्डर डाटा प्रवाहमा ग्लोबल कोअपरेसन इनिसियटिभ जारी गर्ने छ। कुशल, सुविधाजनक र सुरक्षित क्रस बोर्डर डाटा प्रवाहलाई बढाउन र एशिया - प्रशान्त क्षेत्रको उच्चगुणस्तरको विकासमा योगदान गर्न सबै पक्षहरूसँग काम गर्न तयार छ।
तेस्रो, समावेशीकरणको एशिया – प्रशान्त विकास अवधारणालाई दृढतापूर्वक स्थापित गर्न आवश्यक छ। चीनले सन् २०२६ मा एपेकको आयोजक मुलुक बन्नेछ र एसिया–प्रशान्त क्षेत्रका जनताको हितका लागि एशिया – प्रशान्त सहयोगलाई प्रगाढ बनाउन सबै पक्षसँग मिलेर काम गर्न तत्पर छ।
राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिँदै अगाडि भन्नुभएको छः सुधार र खुलापन चीन र विश्व बीचको साझा विकास र प्रगतिको ऐतिहासिक प्रक्रिया हो। चीनको विकासले एशिया – प्रशान्त क्षेत्र र विश्व विकासका लागि थप नयाँ अवसर प्रदान गर्दै जानेछ। चीन चीनको विकासको एक्सप्रेस रेलमा यात्रा जारी राख्न र विश्वका विभिन्न देशहरूको आधुनिकीकरणका लागि शान्तिपूर्ण विकास, पारस्परिक लाभकारी सहयोग र साझा समृद्धि हासिल गर्न सँगै काम गर्न सबै पक्षलाई स्वागत गर्दछ।
पेरुका राष्ट्रपति बोलुआर्टेको अध्यक्षतामा भएको उक्त सम्मेलनको मूलनारा 'सशक्तिकरण, समावेशीकरण, वृद्धि' रहेकोछ।
सो सम्मेलनले तीनवटा मुख्य दस्तावेज जारी गरेको छ। एपेकका नेताहरूको माचूपिचु घोषणापत्र २०२४, एशिया - प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र एजेन्डाको नयाँ दृष्टिकोण सम्बन्धी वक्तव्य र औपचारिक तथा विश्वव्यापी अर्थव्यवस्थामा संक्रमणलाई बढाउनु सम्बन्धी लिमा रोडम्याप।
नोभेम्बर १५ तारिख साँझ आयोजित एपेक नेताहरूको अनौपचारिक सम्मेलनको स्वागत भोजमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुनु भयो। सीएमजी