RayNewsDaily
शेयर बजार १५ अंकले वृद्धि

रे समाचार/काठमाण्डू । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । हिजो गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक आज १५.८३ अंक बढेर २६८३.२४ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएकामा आज ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.६९ प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५४ करोड रुपैयाँबराबको शेयर खरिदबिक्री भएको छ । सोकम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति भएसँगै कम्पनीको कारोबार बढेको हो । यसैगरी, बेस्ट फाइनान्सको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update