RayNewsDaily
पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु        

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।     
     
गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठुलो हताहत भएको थियो ।     
     
यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसाको लहर निम्त्यायाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको सङ्ख्या अझै बढदै गएको छ ।     
     
 हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update