RayNewsDaily
राष्ट्र ऋण उठाउने विधेयक पारित   

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ ।    
    
विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत गर्नुभएका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।    
    
बैठकमा विधेयकमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार दिउँसो ३ बजेका लागि तय भएको छ ।    

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update