RayNewsDaily
स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न   

काठमाण्डू । स्थानीय तहमा रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 
     
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ वटा पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० वटा राजनीतिक दल र स्वतन्त्रगरी ३ सय ७६ जना उम्मेदवार प्रतिस्पर्धामा रहनु भएको छ । 

आज भएको स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, विभिन्न ४१ वटा पदका लागि भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगद्वारा जानकारी ।।    

निर्वाचन आयोगका अनुसार  आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।  निर्वाचन भएका स्थानीय तह र वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७ सय ९९ जना मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । राससका अनुसार मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।     

Matadan-Hudai-2081-8-16_-1733060344.jpg
 

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।     


 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update