रमेश हुतवाली/काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि गर्नुहुँने चीनको ४ दिने भ्रमणको अन्तिम तयारी भैरहँदा विज्ञहरुले यो भ्रमण सन्तुलीत र फलदायी रहने बताएका छन् ।
रे टेलिभिजनसँग संक्षिप्त कुराकानी गर्नुहुँदै वरिष्ठ लेखक तथा परराष्ट्रवीद् हिरण्यलाल श्रेष्ठले एकध्रुवीय विश्व ओरालो लागिरहेको बेला प्रधानमन्त्री ओलीले गर्न लाग्नु भएको उत्तरी छिमेकी चीनको भ्रमण दुवै देशको सामूहिक चासोसँग मिलेर तयार गरिएको बताउनुभयो ।
परराष्ट्रवीद् श्रेष्ठले प्रधानमन्त्री ओलीको यस पटकको चीन भ्रमणमा चीनका राष्ट्राध्यक्ष सि चिनफिङको नेपाल भ्रमणको समयमा दुवै देशबीच भएका सहमतीहरुको कार्यान्वयन गर्ने, अनिश्चीत रहेको बीआरआई परियोजनालाई क्रियाशिल बनाउने लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
बीआरआई नेपालको राष्ट्रिय हितसँग जोडिएको र नेपाललाई विश्वसामु सोझोगरी उभिन सहयोग गर्ने महत्वपूर्ण परियोजना भएकोले यसलाई कार्यान्वयन गर्न नेपालका सबै राजनीतिक दलहरु तयार रहेको परराष्ट्रवीद् श्रेष्ठको भनाइ छ ।
भविष्यमा नेपाललाई कहिल्यै पनि भारतले विगतमा जस्तै नाकाबन्दी लगाउन नसक्ने अवस्था बीआरआईमार्फत सृजना भएको हुनाले पनि नेपालले चीनसँग मिलेर नेपालको राष्ट्रिय हितलाई ध्यान दिँदै यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।