RayNewsDaily
नेपाल र चीनबीच पारस्परिक सहयोग सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर    

पैचिङ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ वटा विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।     

RSSImage2024-12-03at9.21.36AM-1733209828.jpg
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  सहमति भएका विषयहरुमा टोखा-छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, विकास योजना सम्बन्धी समझदारी पत्र, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र रहेका छन् । 

RSS-mage2024-12-03at11.07.20AM-1733209874.jpg
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो पैचिङ आइपुगेको हो ।     

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update