RayNewsDaily
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका शहीदका स्मारकमा पुष्पहार अर्पण   

पैचिङ (चीन)  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पैचिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहीदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।    

PMSachiwalaya-18WhatsAppImage2024-12-03at12.07.16PMcopy-1733210258.jpg
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार पैचिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

PMSachiwalaya-18WhatsAppImage2024-12-03at12.07.12PMcopy-1733210301.jpg
यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update