RayNewsDaily
एक करोड भन्दा बढीको लगानीमा बाख्रापालन

गलकोट (बागलुङ) । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।

काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पाल्नुभएको छ । उहाँले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गर्नुभएका हो ।

फार्ममा रु एक करोड ३५ लाख लगानी गर्नुभएका उहाँले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गर्नुभएको छ । उहाँको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update