RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ । आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ भने मानुषी लघुवित्तको शेयरमूल्य ९.८१ प्रतिशतले बढेको छ । सपोर्ट हाइक्रोफाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक ८.३७ प्रतिशतले र नेपाल फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको करिब २१ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update