RayNewsDaily
काठमाण्डूमा सछुवान परम्परागत चिनियाँ औषधीको समुद्रपार यात्रा सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । काठमाण्डूमा सछुवान परम्परागत चिनियाँ औषधीको समुद्रपार यात्रा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्नुहुँदै नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिनियाँ परम्परागत चिकित्सा पद्धती विश्वमै चर्चित रहेको बताउनुभयो । 

Mohan-Basnet-1733409933.jpg मोहन बहादुर बस्नेत, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री

चीनमा हजारौं वर्षदेखि अत्यन्त महत्वका साथ परम्परागत चिकित्सा पद्धतीको प्रयोग गरी लाखौं मानिसहरुको सफल उपचार भैरहेको जानकारी दिनुहुँदै नेता बस्नेतले चीन र भारतका परम्परागत उपचार पद्धतीबाट नेपाली चिकित्सकहरुले सिक्ने धेरै कुराहरु भएको बताउनुभयो । 

Chinese-Medicine-Front-Desk-1733410005.jpg
समारोहमा बोल्नुहुँदै नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङ सिनले चीनको परम्परागत चिकित्सा पद्धती र नेपालको परम्परागत चिकित्सा पद्धतीका आआफ्नै किसिमका विशेषताहरु रहेको बताउनुभयो । पुर्खाहरुले हजारौं वर्षदेखि प्रयोगमा ल्याएका उपचार पद्धतीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको कार्यबाहक राजदूत वाङ सिनको भनाइ छ । काठमाण्डूमा आयोजित दुवै देशका चिकित्सकहरुबीचको अन्तरक्रियाले नेपालका चिकित्सकहरुका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास कार्यबाहक राजदूत वाङ सिनले व्यक्त गर्नुभयो । 

Wang-Xin-1733410052.jpgवाङ सिन, नेपालका लागि चीनका कार्यबाहक राजदूत 
कार्यक्रममा चीनको सछुवान प्रान्तीय प्रशासनिक तथा परम्परागत चिनियाँ चिकित्साका कार्यकारी निर्देशक मि यीनच्युनले नेपाल र चीनबीच सदियौंदेखि असल मित्रता रहँदै आएको बताउनुभयो । साथै उहाँले काठमाण्डूमा आयोजित महत्वपूर्ण अन्तरक्रियामार्फत एक आपसमा मित्रता, सद्भावका साथै परम्परागत चिकित्सा पद्धती सम्बन्धि अनुभवको आदान प्रदान गरेको बताउनुभयो ।

Mi-Yun-1733410304.jpg.मि यीनच्युन, कार्यकारी निर्देशक, सछुवान प्रान्तीय प्रशासनिक तथा परम्परागत चिनियाँ चिकित्सा
कार्यक्रममा बोल्नुहुँदै चिनियाँ औषधी अस्पतालका अध्यक्ष तथा परम्परागत चिनियाँ चिकित्सा सांस्कृतिक महोत्सव घोषणा कार्यक्रमका अध्यक्ष लिउ च्यानले काठमाण्डूमा आयोजित अन्तरक्रिया कार्यक्रमले दुवै देशका चिकित्सकहरुबीच अनुभव र सहयोगको आदान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

Li-Jian-1733410373.png
 लिउ च्यान, अध्यक्ष, परम्परागत चिनियाँ चिकित्सा सांस्कृतिक महोत्सव घोषणा कार्यक्रम

समारोहमा काठमाण्डू विश्व विद्यालय अन्तरगतको विज्ञान संकाय र चीनको दक्षिण पश्चिम चिकित्सा विश्व विद्यालय अन्तर्गतको परम्परागत चिनियाँ चिकित्सा अस्पतालबीच सहयोग सम्बन्धि पत्रमा हस्ताक्षर समेत भएको थियो । 

Agreement-1733410428.jpg
Stage-1733410473.jpg
Banner-1733410516.jpg
All-Front-Guest-1733410557.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update