RayNewsDaily

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । हिजोे करिब ४६ अंकले बढे पनि बजार आज पुनः घटेर बन्द भएको हो ।

शेयर बजार मापक नेप्से परिसूचक आज ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ भने आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । जानकी फाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने इंगवा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २६ करोड १२ लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, सर्वोत्तम सिमेन्टको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम १५ करोड नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update