रे समाचार/काठडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से सूचक आज १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि केही बढेको छ । आज ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमा व्यापार र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक १.६२ प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त, गुँरास लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको ९.९९ प्रतिशत र न्यादी हाइड्रोपावरको ८.६० प्रतिशतले बढेको छ ।
सपोर्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने जानकी फाइनान्सका ८ प्रतिशत र युनिलिभर नेपालको ७.२३ प्रतिशतले घटेको छ । आज जानकी फाइनान्सको सबैभन्दा धेरै २० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको १९ करोड २७ लाख र नेपाल फाइनान्सको ९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।