RayNewsDaily
कजाकिस्तानमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार        

अस्ताना, कजाकिस्तान । कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।     
     
कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ ।     
     
एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।     
     
अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् ।     
     
दुर्घटनाको कारण खुल्न सकेको छैन ।     
     
अजरबैजान एयरलाइन्सको जे२-८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एएफपी 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update