दिवङ्गत नेता सिंहको सम्झना
काठमाण्डू । सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पिएल सिंहले परिवारभन्दा देशलाई माथि राखेर काम गरेको बताउनुभएको छ ।
आज नेपाली कांग्रेस काठमाण्डू जिल्ला समितिद्वारा उहाँको १३औँ दिनको पुण्यतिथिमा २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा नेता सिंहले गर्नुभएको योगदानको स्मरण गर्दै मन्त्री सिंहले सिद्धान्त र आदर्शको राजनीतिलाई उहाँले सधैँ आत्मसात् गर्नुभएको बताउनुभयो ।
राससका अनुसार “भारतका प्रधानमन्त्री चन्द्रशेखर र पिवीनरसिंह रावबाट उहाँ प्रभावित हुुनुहुन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताका प्रिय हुनुहुन्थ्यो । जनताका पनि उहाँ उत्तिकै प्रिय हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १४:३०
प्रतिक्रिया दिनुहोस्