रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यसैगरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले वृद्धि भएको छ । आज ५ वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २६ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, जानकी फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक बढेको छ ।