रोशन केसी/पोखरा । यही आइतबारदेखि पोखराको फेवातालमा सुरु भएको ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिबल’ को दोस्रो सङ्करण सम्पन्न भएको छ । आज सेमिफाइनल र फाइनलका खेलहरु सकिएसँगै यस बर्षको नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिबल सकिएको हो ।
हिजो भएको समूह चरणको खेलबाट २०० मिटर र ५०० मिटरको प्रतियोगिताको सेमिफाइनल र फाइनलका लागि ८ ओटा टोलीहरु छ्नोट भएका थिए । दुबै बिधा तर्फ चीनका ७ ओटा टोली र नेपालको एउटा टोली छ्नोट भएका थिए । दुई चरण गरि ४-४ ओटा टिमबीच भएको सेमिफाइनलमा चिनियाँ टोलीको बचस्य रहेको थियो । २०० मिटरको दुई चरणको सेमिफाइनल खेलबाट फाइनलका लागि छ्नोट भएका टिमहरुमा Dongguan laoyou club team Guangdong ४७ सेकेन्डमा रेस पूरा गर्दै पहिलो हुदा yunnan minzu university team ४८ सेकेण्डमा रेस पूरा गर्दै दोस्रो र Liaocheng University ५० सेकेन्डमा रेस पूरा गर्दै तृतिय हुन सफल भयो ।
२०० मिटरको बिजेता Dongguan laoyou club team Guangdong ले ५ हजार अमेरिकी डलर, ट्रफी र मेडल जित्दा दोस्रो हुने yunnan minzu university ले २ हजार अमेरिकी डलर, ट्रफी र मेडल र तेस्रो हुने Liaocheng University १ हजार २ सय अमेरिकी डलर, ट्रफी र मेडल जित्न सफल भयो ।
यस्तै, ५०० मिटर तर्फ पनि फाइनल प्रतिस्पर्धामा ४ वटै चिनियाँ टोली पुगेका थिए । जसमा २ मिनेट ४ सेकेन्डमा रेस पूरा गर्दै Dongguan laoyou club team Guangdong ले दुबै बिधामा पहिले स्थान हासिल गरेको छ । यस्तै, Liaocheng University ले २ मिनेट ७ सेकेन्डमा रेस पूरा गरि दोस्रो स्थान सुरक्षित गर्दा wuhan sports university team २ मिनेट ८ सेकेन्डमा रेस सकाएर तृतीय बन्यो ।
५०० मिटरका बिजेता, उपबिजेता र तेस्रो हुने टोलीले क्रमश: ५ हजार, २ हजार र १ हजार २ सय डलरसगै ट्रफी र मेडल जितेका छन् । यस्तै बिजेता टोलीलाइ अन्नपूर्ण केबलकारको निशुल्क टिकत पनि दिइएको थियो । साथै प्रतियोगितामा सहभागी भएका बिजेता बाहेकका १७ वटा टोलीले ५ सय डलर पाएका छन् ।
नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोलीको सहभागिता रहेको थियो ।
नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिबल’ को आयोजना गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त रुपमा गरेका थिए ।