RayNewsDaily
नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार        

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।     
     
नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।     
     
 मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उहाँले घोषणा गर्नुभयो । “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update