भारतको होटलमा एकै परिवारका पाँच जना मृत फेला
नयाँ दिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच जना सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् ।
प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।
परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो । सिन्ह्वा
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १२:२७
प्रतिक्रिया दिनुहोस्