RayNewsDaily
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतहरुलाई शपथ

रे समाचार/काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमविच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । 

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधरले डेनमार्कका लागि आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उहाँहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गर्नुभएको थियो । समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update