काठमाडौंमा भूकम्पको धक्का
रे समाचार/काठमाडौं । आज काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको मझिमटार भन्ने स्थानमा रहेको थियो ।
यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी पुस ५ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्