रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.६३ अंक बढेर २५८६.२३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।
हिजो साढे ३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सपोर्ट लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ५.०२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ४६ करोड १७ लाख रुपैयाँ ४२ हजार रुपैयाँबराबरको संस्थापक शेयर किनबेच भएको छ । यसैगरी, न्यादी हाइड्रोपावरको करिब २१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक आज सर्वाधिक २.४० प्रतिशतले बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.८७ प्रतिशतले वृद्धि भएको छ ।