RayNewsDaily
तिब्बत भूकम्प अपडेट  :  चीनको सिगात्छेमा शक्तिशाली भूकम्प, ९५ जनाको मृत्यु, १३० जना घाइते

काठमाण्डू । चीनको तिब्बत स्वायत्त प्रदेशको डिङरिमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परि ९५ जनाको ज्यान गएको छ भने १३० जना घाईते भएका छन् । 

Tibet-Bhukampa-2-1736239849.jpg
सिन्ह्वा समाचार समितिका अनुसार चीनको तिब्बत स्वयत्त प्रदेशको मुख्य शहर सिगात्छेबाट झण्डै २३ किलोमिटर उत्तरमा रहेको डिङरी काउन्टीमा स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेटमा ६ दशमलव ८ म्याग्नीच्यूटको भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपाल, भुटान, भारत लगायतका देशहरुमा समेत महसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारले ठूलो मात्रामा उद्धारकर्मीहरु खटाएको छ । उनीहरुले अहिले पनि भूकम्पग्रस्त क्षेत्रमा राहत र उद्धारको काम गरिरहेका छन् ।

Tibet-Bhukampa-3-1736239902.jpg
 

पछिल्लो जानकारी अनुसार भूकम्पबाट एक हजार वटा घरहरुमा क्षती पुगेको छ । सो क्षेत्रमा कपासको पाल, सुती कोट, सिरक फोल्डिंग बेडहरू, उच्च उचाइ र चिसो क्षेत्रहरूका लागि विशेष राहत सामग्रीहरू २२ हजार थान पठाईएको छ भने  १,५०० भन्दा बढी स्थानीय अग्नि नियन्त्रक केन्द्रीय अधिकारीहरूले पठाएका छन् ।  सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update