RayNewsDaily
चीनको सिगात्छे सहरको तिङरी जिल्लामा गएको भूकम्पमा पर १२६ जनाको मृत्यु

काठमाण्डू । चीनको सिगात्छे सहरको तिङरी जिल्लामा हिजो मंगलबार बिहान गएको भूकम्पमा परि १ सय २६ जनाको मृत्यु भएको छ । 

स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिगात्छे सहरको तिङरी जिल्लाको छोको गाउँ नजिकै गएको ६.८ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको छ। आज सिगात्छे शहरको जनसरकारले पत्रकार सम्मेलन आयोजना गरेर क्षतिको विवरण सार्वजनिक गरेको छ। सिएमजीका अनुसार मंगलबार अपरान्ह ३ बजेसम्मा तिङरी जिल्लामा भूकम्पबाट १ सय २६ जनाको मृत्यु भएको र १ सय ८८ जना घाइते भएका छन्। तिङरी जिल्लाको रोङस्या गाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो र छोला पास र च्याछोला पासमा पहिरो खसेको थियो। ती स्थानहरुमा तुरुन्तै उद्दार कार्य भएकाले उद्धारका सवारी साधनहरू त्यहाँबाट जान सक्षम भएका छन्।

भूकम्पपछि, सिगात्छे सहरले तुरुन्तै पहिलो स्तरको भूकम्प राहत प्रतिक्रिया सुरु गरेको थियो । भूकम्प प्रभावित क्षेत्रमा एकपछि अर्को गर्दै सम्बन्धित विभाग र उद्धारकर्मी पुगेका छन्। यत्तिवेला पनि सो क्षेत्रमा उद्धार र राहतका कार्यहरु भैरहेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update