RayNewsDaily
काठमाण्डूमा चिनियाँ चलचित्र दिवस सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । काठमाण्डूमा एकदिने चिनियाँ चलचित्र दिवस सम्पन्न भएको छ । चिनियाँ चलचित्र प्रशासन र नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना तथा चिनियाँ साँस्कृतिक केन्द्र नेपाल र नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको सहआयोजनामा ठमेलस्थित छाँया सेन्टरमा सो दिवस सम्पन्न भएको हो । 

Chinese-Film-day-1-1736433583.jpg
चिनियाँ चलचित्र दिवस शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्वअर्थमन्त्री तथा सांसद वर्षमान पुनले चिनियाँ चलचित्र दिवस नेपाल र चीनबीचको गहिरो साँस्कृतिक सम्बन्धको विशेष उत्सव भएको बताउनुभयो । नेपालमा चिनियाँ चलचित्र दिवसको आयोजना हुनु सुखद भएको बताउनुहुँदै सांसद पुनले चीन जस्तो विशाल देशको बजारमा नेपाली चलचित्रले पनि प्रवेश पाउने अवस्था बनेको टिप्पणी गर्नुभयो । 

Barsha-Man-Pun-1736433630.jpg
वर्षमान पुन, पूर्वअर्थमन्त्री तथा सांसद

नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउनुहुँदै दुई देशबीचको सम्बन्धलाई अभिवृद्धि गर्न चिनियाँ चलचित्र दिवसले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । चीन विश्वमा चलचित्रको ठूलो बजार भएको जानकारी दिनुहुँदै डिसिएम वाङ सिनले चिनियाँ चलचित्रमा नेपालका केही केही दृश्यहरु समावेश गर्दै चिनियाँ पर्यटक नेपाल भित्रियाउने प्रयास गरिएको जानकारी पनि दिनुभयो । 


Wang-Xin-1736433701.jpg
वाङ सिन, डिसिएम, चिनियाँ राजदूतावास, काठमाण्डू 

सो समारोहमा बोल्नुहुँदै चिनियाँ चलचित्र प्रशासनका निर्देशक सू याङले नेपालको राजधानी तथा सुन्दर शहर काठमाण्डूमा चिनियाँ चलचित्र देखाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । निर्देशक सू याङले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिककालदेखि प्रगाढ रहेको बताउनुहुँदै चलचित्रको माध्यमबाट दुइ देशको सम्बन्धलाई अझ नजिक पुर्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

Chinese-Film-day-2-1736433740.jpg
चिनियाँ चलचित्र उद्योग खुला भएको हुनाले अरु देशका चलचित्रहरुलाई पनि मौका दिन सकिने उहाँले बताउनुभयो । नेपाली चलचित्र पूर्ण बहादुरको सारंगीले नयाँ रेकर्ड कायम गरेको स्मरण गर्नुहुँदै निर्देशक सू याङले नेपाली चलचित्र क्षेत्रको निरन्तर विकास भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

Su-Yang-1736433800.jpg
सू याङ, निर्देशक, चिनियाँ चलचित्र प्रशासन

काठमाण्डूमा एकदिने चिनियाँ चलचित्र दिवस सम्पन्न, चीन जस्तो विशाल देशको बजारमा नेपाली चलचित्रले पनि प्रवेश पाउने अवस्था बनेको विज्ञहरुको टिप्पणी ।।

शुभारम्भ समारोहमा बोल्नुहुँदै नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले विकास निर्माणका हिसावले विश्वको ठूलो देश चीनमा चलचित्र क्षेत्रको विकास तिब्र गतिमा भैरहेको जानकारी दिनुहुँदै चिनियाँ चलचित्र दिवसको माध्यमबाट नेपाल र चीनका चलचित्र निर्माताहरुबीच अनुभव आदान प्रदान गर्ने उद्धेश्य राखिएको बताउनुभयो ।

Chinese-Film-Day-Banner-1736433986.jpg
अध्यक्ष पाठकले चिनियाँ चलचित्र हेर्ने बानी नेपाली दर्शकहरुमा बसाउन र नेपाली चलचित्र हेर्ने बानी चिनियाँ दर्शकमा बसाउनुु पनि दिवसको उद्धेश्य रहेको प्रस्ट पार्नुभयो । 

KP-Pathak-1736434012.jpg
केपी पाठक, अध्यक्ष, नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान

चलचित्र महोत्सवमा हर स्टोरी, मिट समर भ्वाईस र जी फर ग्याप नामक चिनियाँ चलचित्रहरु प्रदर्शन गरिएको थियो ।  

Chinese-Film-day-4-1736434054.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update