RayNewsDaily
शेयर बजारमा १५ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ ।

हिजो करिब ४ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सुपर मादी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड २५ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, न्यादी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनको कारोबार रकम साढे १५ करोड नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये व्यापार उपसमूहको परिसूचकमा सर्वाधिक १.८९ प्रतिशतको गिरावट आएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update