म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ जना पुग्यो
याङ्गोन । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ ओटा शवहरू फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।
हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो ।
दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए । भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ २०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय