RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साढे ५ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ । रिभर फल्स पावरको शेयरमूल्य भने आज सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको साढे २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update