RayNewsDaily
अध्ययन स्कुलमा नेपालकै पहिलो अन्तर विधालय ह्याक अ थोन सुरु

रोशन केसी/काठमाण्डू । अध्ययन स्कुल, टोखा, काठमाण्डू र लिप फ्रगको संयुक्त आयोजनामा नेपालकै पहिलो अन्तर विधालय ह्याक अ थोन सुरु भएको छ । 

आइतबारदेखि सुरु भएको सो प्रतियोगितामा ३३ वटा स्कुलका ४७ वटा टिममा २ सय ३५ जना बिधार्थीहरुको सहभागिता रहेको छ । “फ्युचर अफ लर्निङ्ग” शीर्षकमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी बिधार्थीहरुले जीवनमा आइपर्ने समस्यालाई प्रविधिको माध्यमबाट सुल्झाउनेछ्न् ।

7dc346ee-38d0-4a05-aecf-a82373c185d0-1738230233.jpg
यसका लागि उनीहरुले कोडिङ्को प्रयोग गर्नेछ्न् । यही माघ १६ र १७ गते सहभागीहरुका लागि बुट्क्याम्पको आयोजना गरिएको थियो ।  यसका लागि बिधार्थीहरुलाई कोड फर नेपालका ३२ जना मेन्टरहरुले प्रशिक्षण दिएका थिए । प्रतियोगिता कोड फर नेपाल र वेदाको सहकार्यमा सन्चालित छ । प्रतियोगिताको फाइनल आउँदो फागुन ७ गते हुँदैछ ।

d5b78b73-f04d-462b-a810-464d66b81d05-1738230268.jpg
 

कार्यक्रममा बिजेता हुने टोलीले १ लाख, उपबिजेताले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार पाउनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update