RayNewsDaily
टर्कीको पर्यटन राजस्वमा नयाँ कीर्तिमान

अङ्कारा ।  टर्कीको पर्यटन राजस्व सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो, जुन एक वर्ष अघिको तुलनामा ८.३ प्रतिशतले बढी रहेको टर्कीको तथ्याङ्क संस्थानले शुक्रबार जनाएको छ ।

“हाम्रो पर्यटन राजस्वले सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर नाघेको थियो,” टर्कीका उपाध्यक्ष सेभडेट यिलमाजले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो ।

गत वर्ष कुल छ करोड २२ लाख पर्यटकले टर्की  भ्रमण गरेका थिए, जुन सरकारी प्रक्षेपण भन्दा बढी रहेको यिलमाजले बताउनुभयो ।

उपराष्ट्रपतिले टर्की सरकारले सन् २०२५ मा पनि पर्यटन राजस्वमा ६३.६ अर्ब अमेरिकी डलरको लक्ष्य राख्दै सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरेको बताउनुभयो ।

टर्कीमा करिब १७ प्रतिशत राजस्व गैरआवासीय नागरिकबाट आयो । यस मध्ये लगभग ४१७.४ अर्ब प्याकेज टुरद्वारा योगदान गरिएको थियो । सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update