RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज जोशी हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था, मध्य भोटेकोशी जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था र कालिका पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

आज ४ वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको करिब २७ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन ऊर्जा विकास कम्पनीको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update