रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ ।
हिजो ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतले वृद्धि भएको छ । आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन पावर पार्टनरको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।