
रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटेर बन्द भएको शेयर बजार मापक नेप्सेमा आज भने सामान्य अंकको सुधार भएको हो ।
आज नेप्से परिसूचक ६.५४ अंकले वृद्धि भई २६८३.८६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ९६ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, न्यादी हाइड्रोपावरको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ५ वटा उपससमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले वृद्धि भएको छ ।