RayNewsDaily
शेयर बजार करिब दुई अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, रिभर फल्स पावरको शेयरमूल्य ८ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड ६० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सिईडिबि होल्डिङ्गको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रिभर फल्स पावरको करिब साढे ३१ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update