RayNewsDaily
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट   

 काठमाण्डू ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गर्नुभएको छ ।    
    
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    
    
 भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो । रासस     

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update