RayNewsDaily
शेयर बजारमा वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार वृद्धि भएको छ । गत बिहीबार सामान्य अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज १९.५६ अंक बढेर २६९८.०३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

गत बिहीबार ७ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सक र पोखरा फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, गोर्खाज फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ । न्यादी हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ । 
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सिईडिबी होल्डिङ्गसको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update