
रे समाचार/काठमाण्डू । नेपाली चिकित्सकहरूको सशक्तिकरण र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले Nepalese Doctors Lounge -NEDOLले शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल, बंगलादेश, फिलिपिन्स र चीनबाट आएका आठ जना नयाँ चिकित्सकहरूलाई स्वागत गरिएको थियो । सहभागी चिकित्सकहरूले चिकित्सा क्षेत्रका विविध पक्षमा छलफल गर्दै ज्ञान आदान-प्रदान गरेका थिए । यस अवसरमा "स्वागत प्रमाणपत्र" (Certificate of Welcome) प्रदान गर्दै नयाँ सदस्यहरूको औपचारिक समावेश गरिएको थियो । जसले उनीहरूलाई औपचारिक रूपमा NEDOLपरिवारको सदस्यको रूपमा समावेश गर्यो । सो प्रमाणपत्रले NEDOLको संरक्षकत्व, व्यावसायिक वृद्धि र विश्वव्यापी स्वास्थ्य सेवामा योगदान पु-याउने प्रतिवद्धतालाई पुष्टि गरेको छ । NEDOL ले ४० वटा विभिन्न कलेजहरूबाट ८० वटा भन्दा बढी राजदूतहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।
सो अवसरमा मलेसियाको म्यानेजमेन्ट एण्ड साइन्स युनिभर्सिटीका प्रो. अली खाताबीले “चिकित्सकहरूको उद्यमशीलता, अवसरहरू, नेतृत्व भूमिका र भविष्य निर्माणका उपायहरू“ विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्नुभएको थियो । उहाँको प्रस्तुतीकरणले सहभागीहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्दै चिकित्सकीय पेसाको सीमाभन्दा बाहिर विभिन्न अवसरहरू अन्वेषण गर्न प्रेरित गरेको छ । सो अवसरमा NEDOL परिवारका महत्वपूर्ण सदस्य डा. प्रतिक श्रीवास्तवको असामयिक निधनप्रति सम्मान व्यक्त गर्दै उहाँको योगदानको स्मरण गरिएको थियो ।
अन्तरक्रियाको अन्त्यमा विभिन्न पुस्ताका व्यक्तिहरूबीच खुला छलफल र अनुभव आदान-प्रदान गरिएको थियो । यसले अनुसन्धान, सहकार्य र नेतृत्वलाई प्रवद्र्धन गर्ने NEDOL को प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
यस अन्तरक्रियात्मक छलफललाई सफल र प्रभावकारी रूपमा लिइएको छ, जसले आगामी कार्यक्रमहरूलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । NEDOL ले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता अर्थपूर्ण कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
Nepalese Doctors Lounge -NEDOL एक पेशागत नेटवर्क हो, जसले नेपाली चिकित्सकहरूलाई व्यावसायिक नेटवर्किङ, ज्ञान साझेदारी, समर्थन तथा वकालत र समुदाय निर्माण गर्न सहयोग पुर्याउँछ । यस संस्थाले नेपाली चिकित्सकहरूको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण, स्वास्थ्य नीति सुधारमा पैरवी र चिकित्सा शिक्षाको उन्नति गर्ने उद्देश्य राखेको छ ।