RayNewsDaily
शेयर बजार ११ अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.९१ अंकले वृद्धि भई २७३९.८२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो १० अर्ब ४ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८२ करोड २ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको साढे ५१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स हाइड्रोपावरको २९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ भने लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update