RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से ३.१४ अंकले वृद्धि भएको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ ।

आज बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो । आज ८१ वटा कम्पनीको मूल्य वृद्धि भएको छ भने १५८ वटा कम्पनीको घटेको छ । ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज जीवन बीमामा आकर्षण देखिएको छ । सो सेक्टर २.४२ प्रतिशतले वृद्धि भएको छ । 

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यय १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ र उपकार लघुवित्तको ८.१ प्रतिशतले मूल्यय वृद्धि भएको छ । बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ र दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update