पैचिङ । सिन्च्याङ युगुर स्वायत्त प्रदेशको आक्सु क्षेत्र चीनको सबैभन्दा ठूलो मरूभूमि अर्थात् ताक्लामाकान मरूभूमिको उत्तरी भागमा अवस्थित छ। २०औँ शताब्दीको ८० को दशकअघि तत्स्थानमा ‘एक कचौरा भातमा आधा बालुवा’ भन्ने उखान प्रचलित थियो। ३० वर्षभन्दा लामो समय बितिसकेपछि पहिलेको मरूभूमिमा अहिले एउटा “हरित ग्रेटवाल” को निर्माण गरिएको छ। त्यसैगरी मरूभूमि अहिले वनजङ्गल र फलफूल बगैँचा बनेको हरित आश्चर्यको पनि सिर्जना गरेको देखिन्छ।
हाल आक्सु क्षेत्र हरियाली रूख विरूवाद्वारा ढाकिएको छ। घना जङ्गल स्थानीय बासिन्दाका लागि धनसम्पत्ति भएको छ। करिब ३० वर्षको अवधिमा आक्सु क्षेत्र सिन्च्याङको जङ्गल र फलफूलको मुख्य उत्पादन अखडा बनेर प्रतिवर्षको उत्पादित मात्रा १० अर्बौँ पुगेको छ। दशौँ लाखका मानिसहरू वनजङ्गल र फलफूल व्यवसायमा कार्यरत् छन्। आक्सुको वनजङ्गल र फलफूल व्यवसाय लाइनले स्थानीय बासिन्दाहका लागि निकै फराकिलो रोजगारी अवसरको विस्तार गर्नुका साथै ग्रामीण क्षेत्रको भावी विकासका लागि पनि सकारात्मक जीवन्त शक्ति थपिदिएको छ।