RayNewsDaily
प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

रे समाचार/काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले “महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!”, लेख्नुभएको छ ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update